कोरोना संक्रिमत व्यक्ति दिल्लीबाट कृष्णनगर नाका हुँदै जिल्ला भित्रिएका थिए

दाङ-दाङमा कोरोना संक्रमण पुष्टी भएका नयाँ संक्रमित व्यक्ति जेठ ३ गते कपिलवस्तुको कृष्णनगर नाका हुदै जिल्ला भित्रिएका थिए।

सिमानामा अलपत्र आफ्ना नागरिकलाई ल्याउन घोराही उपमहानगरपालिकाले वस पठाएको थियो । सोही वस चढेर उनी सहित अन्य व्यक्ति जिल्ला भित्रिएका थिए ।

घोराही उपमहानगरपालिकाले कुइरेपानीमा सञ्चालन गरेको क्वारेन्टाइनमा सबैलाई राखिएको थियो । उनी सँगै १७ जनाको स्वाब परिक्षण गरिएको र अन्य १६ जनाको भने रिपोर्ट नेगेटिभ आएको शाखाका कोरोना फोकल पर्सन बिकेश रेग्मीले जानकारी दिए।

घोराही उपमहानगरपालिका वडा नं. ३ निवासी ३७ बर्षिय पुरुष व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । यस सँगै दाङमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जेष्ठ ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्