स्वास्थ्यकर्मीलाई रोकेर ‘केरकार’ गर्ने कार्की १० हजार धरौटीमा छुटे

काठमाडौं- काठमाडौंको नागढुंगामा स्वास्थ्यकर्मीको गाडीलाई रोकेर ‘केरकार’ गर्ने स्थानीय युवा उत्तम कार्की छुटेका छन्।

उनीसँग १० हजार रुपैयाँ धरौटी मागिएको थियो। काठमाडौं प्रहरी परिसर प्रवक्ता राजकुमार केसीले कार्की धरौटी बुझाएर छुटेको जानकारी दिए। स्वास्थ्य सामग्री लिएर हेटौँडाबाट आईरहेको गाडीलाई कार्कीले रोकेर खानतलासी गरेका थिए।

प्रहरीले उनलाई केही दिनमै पक्राउ गरेको थियो। कानुनविपरित खानतलासी गरेको र स्वास्थ्यकर्मीलाई आफ्नो काममा बाधा पुर्‍याएको आरोप उनीमाथी थियो।

 

जेष्ठ ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्