इट्टा उद्योगमा कार्यरत ६० जना भारतीय मजदुर कोइलावास नाकामा अलपत्र

दाङ-ईट्टा उद्योगमा कार्यरत भारतीय मजदुरलाई उनीहरुको देश पठाउन कोइलावास नाका पुर्‍याइएका ६० जना व्यक्ति अलपत्र परेका छन्।

जलजला ईट्टा उद्योग घोराहीले भारत पठाउने भन्दै कोइलावास नाका पुर्‍याएर छाडेकाले अहिले उनीहरु सिमानामा अलपत्र परेको गढवा गाउँपालिका वडा नं. ८ का अध्यक्ष सद्धाम सिद्धिकीले बताए।

‘नेपालगञ्ज पठाउने भनेर उनिहरुलाई कोइलावास सिमनामा ल्याएर छाडिदिएको पाईयो’उनले भने-‘यहाँको एसएसवीले की कृष्णनगर की नेपालगञ्ज नाकाबाट भारत पठाउन सकिने भन्दै रोकिदिएको छ।’

पछिल्लो समय जिल्लाका ईट्टा उद्योगमा कार्यरत भारतीय मजदुरलाई उनिहरुको देश पठाउन दवाव परेको छ।केही दिन अघी देखी उद्योग भित्रै आन्दोलन गर्दै आएका थिए।

जेष्ठ ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्