अपाङ्ग बालबालिकाका लागि ८ करोडको आवासीय श्रोत केन्द्र भवन निर्माण सुरु

सिमकोट-जिल्ला भरिका अपांगता भएका बालबालिकाहरुको पठन पाठन र लालन पालन गर्दै आएको हिमाली शिक्षा र बिकास ( हेड नेपाल ) ले आवासीय भवनको निर्माण सुरु गरेको छ। नमूना अपांगता बालबालिका आवासीय श्रोत केन्द्र निर्माण गर्ने उद्धेश्यले भवनको निर्माण कार्य अगाडी बढाइएको हो।

सहयोगी हातहरुको सहयोगले निर्माण कार्य सुरु गरिएको केन्द्रको भवनको बिहीबारबाट निर्माण कार्य सुरुवात भएको छ। अहिले पनि भाडाको घरमा ५० जना छात्रा छात्रहरुलाई निशुल्क रुपमा अध्ययन गराई रहेको हेड नेपालले कर्णाली प्रदेशमै नमूना अपांगता बालबालिका श्रोत केन्द्र बनाउने लक्षका साथ भवनको निर्माण कार्य सुरु गरिएको कार्यकारी निर्देशन छिटुप लामाले जग्गा खरिद देखि भवनको निर्माण काममा सहयोग प्राप्त भै रहेको बताए।

तीस कोठे भवनको निर्माण कार्य सम्पन्न भए ६४ जना बालबालिकाहरुले पठन पाठन सहित आवासीय सुबिधा पाउने छन्। काम सम्पन्न गर्न तीन लाग्ने अनुमान पनि गरिएको छ। आफू पनि फरक क्षेमता भएका निर्देशक लामाले भवन पुर्ण रुपमा भुकम्प प्रतिरोधी बनाउन मापदण्ड अनुसारका आरसिसि पिलरबाट निर्माण सुरु गरिएको बताए।

अपाङ्ग मैत्री हुने केन्द्रलाई समाबेशी, बिशेष र सामान्य रुपमा अपांगता बालबालिकाको बिकास गर्दै लैजाने योजना हेड नेपालले बनाएको छ । चालु आर्थिक बर्षमा कर्णाली प्रदेश सरकार, संघीय संसदहरुका लागि प्राप्त हुने बजेटको साझेदारी कार्यक्रम र स्थानीय गाउँपालिकाको सहयोगमा ४० लाख र ६ लाख श्रमदानबाट पहिलो चरणको काम सुरु गरिएको छ।

पूर्ण रुपमा बजेटको ब्यबस्था नभई केन्द्रको निर्माण कार्य सुरु गरिएको कारण सहयोगी हातहरु जुट्ने बिश्वास हेड नेपालले लिएको छ । कोरोना कहरले गर्दा आउन लागेको बिदेशी दाताको सहयोग पनि रोकिएको अबस्थामा काम सुरु भएको र आगामी दिनमा सहयोगका लागि सहयोगी मनसंग हातेमालो गर्न आग्रह गरिएको छ।

कोरोनाले लकडाउन जारी रहदा आफु पनि दैनिक रुपमा काममा खटिने उनको तयारी छ । भवन निर्माणका लागि आबश्यक सामाग्री हवाई मार्गबाट ढुवानी गर्नु पर्ने भएको कारण अहिले लागतमा निर्माण कार्य पूरा हुदासम्म दुई करोड कम लाग्ने अनुमान गरिएको छ । जिल्ला सडक सञ्जालसंग जोडिन लागेको कारण ती सामाग्री सस्तोमा ढुवानी हुने भएप्छि लागत घट्ने अनुमान हेड नेपालले गरेको हो ।

जेष्ठ ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्