ओलिभर जिरउड आउँदो सिजन पनि चेल्सीमै रहने

ओलिभर जिरउड आउँदो सिजन पनि चेल्सीमै रहने भएका छन् । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले जिरउडको सम्झौता १२ महिना थप गरेको हो ।

गएको जनवरीमा ओलिभरले प्रिमियर लिगका मात्रै पाँच खेलमा सहभागिता जनाएका थिए । उनको चेल्सीसँगको सम्झौता मात्रै ६ महिना बाँकी थियो । तर ट्यामी अब्राहम चोटग्रस्त भएपछि ३३ वर्षका जिरउड मैदान फर्किन पाए ।

उनले लिगका चार खेलमा दुई गोल गरे । चेल्सीसँगको यात्रा थप भएकोमा आफू अति खुशी रहेको उनले बताएका छन् । जिरउड सन् २०१८ को जनवरीमा आर्सनलबाट चेल्सी आएका हुन् ।

जेठ ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्