भारतमा पछिल्लो २४ घण्टामा १ सय ४८ जनाको मृत्यु

भारतमा कोरोना संक्रमितको संख्या बढेर १ लाख १८ हजार भन्दा धेरै पुगेको छ। शुक्रबार भारतको स्वास्थ्य मन्त्रलायले दिएको पछिल्लो जानकारी अनुसार भारतमा कोारेना संक्रमितको संख्या १ लाख १८ हजार ४४७ पुगेको छ ।

संक्रमित मध्ये ३५८३ जनाको मृत्यु भइसकेको छ भने ४८ हजार ५४३ मानिसहरु उपचारपछि निको भएका छन् । भारतमा पछिल्लो २४ घण्टामा मात्रै १४८ जनाको भृत्यु भएको छ।

पछिल्लो २४ घण्टाको तथ्यांक हेर्ने हो भने संक्रमितको संख्या ६ हजार भन्दा धेरैले बढेको छ ।  भारतको महाराष्ट्रमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन् ।

जेष्ठ ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्