क्वारेन्टाइनमा बसेकालाई हाईलाइफ फुडले दियो राहत

काठमाडौँ-हाईलाइफ फुड प्रोडक्ट प्रालिले क्वारेन्टाइनमा बसेकाहरुलाई खाद्य सामाग्री वितरण गरेको छ।

बुटवल–१०, रुपन्देहीले कोरोना भाईरसका कारण छिमेकी मुलुक भारतबाट फर्केर आई क्वारेण्टाईनमा बसेकाहरुलाई कम्पनी खाद्य वस्तु वितरण गरेको हो।

कम्पनीले उत्पादन गरेका चिउरा, सोयाविन मस्यौरा, कर्नफ्लेक्स, ओट्स लगायतका खाद्य सामाग्री सहयोग गर्दै आएको जनाएको छ।

यस्तै बुटवल, वडा-४ कान्ति मा.वि.को क्वारेन्टाईनमा रहेका ११० जनाका लागि मिश्रीत खाद्यन्न प्याकेज उक्त वडाका वडा अध्यक्ष टंकप्रसाद पराजुलीलाई हस्तान्तरण गरेको कमपनीले जनाएको छ।

अध्यक्ष टंकप्रसाद पराजुलीले सो राहतले विद्यालयमा रहेका व्यक्तिहरुलाई निकै राहत हुने बताए। यस्तै कम्पनिले तिलोत्तमा–२, स्थित दुर्गादत्त माध्यामिक विधालयको क्वारेन्टाईनमा रहेका ४५ जना व्याक्तिहरुको लागि सो वडाका अध्यक्ष दधिराम गौतमलाई खाध सामाग्री हस्तान्तरण गरेको हो।

कम्पनीका प्रवन्ध निर्देशक प्रशान्त घिमीरेले यसअघि सियारी गाउंपालिका वडा-१ का ३०० विपन्न परिवारलाई एक सातालाई पुग्नेगरी वडाका अध्यक्ष अरुण साही मार्फत खाद्य सामाग्री हस्तान्तरण गरेको बताए।

उनले बेलाबखतमा यस्ता सामाजिक उत्तरदायित्वका कामहरु गर्दै आएको पनि बताए।

जेष्ठ ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू