कोरोना संक्रमित हुन नदिन जुम्लामा उच्च सतर्कता

सिमकोट-कोभिड-१९ को जोखिम हुन नदिन जुम्लामा उच्च सतर्कता बढाइएको छ।

प्रदेश राजधानी सुर्खेतसँग जोडिएको जिल्ला दैलेख आठबीस नगरपालिका–१ साततलाका एक पुरुष युवामा गत सोमबार कोरोना भाइरस पुष्टि भएपछि जिल्लामा सतर्कता बढाइएको हो ।

जिल्लाका आठ स्थानीय तहले उच्च सतर्कता अपनाएको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले जानकारी दिए। उनले भने, “जिल्लाका सबै स्थानीय तहले जिल्लास्तरीय क्वारेन्टिन कर्णाली प्राविधिक शिक्षालयमा राम्रो व्यवस्थापनका साथ निर्माण गरिएको छ।” स्थानीयवासी जिल्ला बाहिराबाट आउने र कोरोनाको लक्षण देखापर्नासाथ जिल्लास्तरीय एकीकृत क्वारेन्टिनमा राखिने व्यवस्था मिलाएको उनले बताए।

क्वारेन्टिन सबै पालिकाको एउटै स्थानमा भएकाले क्वारेन्टिनमा बसेकाको कोरोना जाँच गर्न सहज भएको जनस्वास्थ्य प्रमुख कृष्ण सापकोटाले बताए। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिक रहेको शिक्षालयको क्वारेन्टिनमा गएर प्रतिष्ठानका चिकित्सकबाट स्वास्थ्य जाँचसमेत हुने सबैलाई उच्च मनोबल राख्न प्रतिष्ठानका चिकित्सकबाट हौसला प्रदान गरेको उहाँले जानकारी दिए।

जिल्लाको विभिन्न स्थानीय तहका नाकामा कडाइ गरिएको र यही जेठ ३ गते रुपैडिया नाकाबाट आएका २९ जनालाई सो शिक्षालयको जिल्लास्तरीय एकीकृत क्वारेन्टिनमा नेपाली सेनाको संरक्षणमा राखिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले जानकारी दिए।

चार हजारलाई राहत वितरण

यहाँको चन्दननाथ नगरपालिका र गुठीचौर गाउँपालिकाले सङ्घीय सरकारको निर्देशनबमोजिम बन्दाबन्दीले घरखर्च चलाउन समस्यामा परेका असहाय, गरिब, विपन्न, मजदुर परिवारलाई राहत वितरण गरिएको छ ।

स्थानीय पालिकाले वडा कार्यालयबाट सिफारिस गरेको चार हजार घरधुरीलाई करिब रु ३५ लाखबराबरको खाद्यान्न सामग्री वितरण गरेको चन्दननाथ नगरपालिका उपप्रमुख अप्सरादेवी महतले जानकारी दिए।

नगरपालिकाले अहिलेसम्मको दुई हजार २३९ घरधुरीलाई रु २५ लाखबराबरको खाद्यान्न र गुठीचौर गाउँपालिकाले दुई हजार १० घरधुरीलाई रु १० लाखको खाद्यान्न सामग्री विवरण पहिलो चरणमा गरेको गुठीचौर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्मराज गिरीले बताए।

सो नगरपालिका र गाउँपालिकाले चामल, दाल, नुन, खाने तेल र साबुन वितरण गरिएको छ । सिञ्जा गाउँपालिकालाई दुई हजार ६०० घरधुरी वडा कार्यालयबाट सिफारिस गरेर आएका छन् तीमध्य गाउँपालिकाले कस्तो घरधुरी अति गरिब हो भनेर गाउँकार्यपालिकाले छानविन गरेर मात्र एक हप्ताभित्र राहत वितरण गरिने र पालिकाले ८०० क्विन्टल चामल खरिद गरी पालिकामै खाद्यान्न बैंक स्थापना गरेको गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताए।

तिला गाउँपालिका, कनकासुन्दरी र पातारासीले पहिलो चरणमा तीन महिनासम्म खान नपुग्ने र काम गरेर घरखर्च चलाउने स्थानीयवासीलाई राहत वितरण गरिसकेको जनाइएको छ ।

गाउँपालिकाभित्रका स्थानीयवासीको घरको अवस्था हेरेर दोस्रो चरणमा राहत वितरण गर्ने विषयमा गाउँकार्यपालिकाको बैठकमा छलफल भइरहेको पातारासी गाउँपालिकाका अध्यक्ष लछिमान बोहोराले जानकारी दिए।

जिल्लाको तातोपानी गाउँपालिकाले राहत वितरण गरेको छैन भने हिमा गाउँपालिका सबैभन्दा अगाडि प्रत्येक घरधुरीलाई ३० केजीको दरले रु ४४ लाखको खाद्य संस्थानको चामल वितरण गरिसकेको छ ।

जेठ ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्