गरिमा जातको धान बीउमा ठगिएका किसानले क्षतिपूर्ति रकम बुझेनन्

‘बीउको मुल्य समेत न उठ्ने क्षतिपूर्ति किन बुझ्‍ने ?’

दाङ-गत वर्ष लमही नगरपालिका वडा नम्बर ३ टिकुलिगढ निवासी बगरु चौधरीले १० कट्ठा जग्गामा गरिमा जातको धान खेती गरे । मल, बीउ, परिश्रम खर्च भयो। तर, धानको बालानै लागेन । त्यसपछि किसानलाई क्षतिपूर्ति दिन सरकारले विवरण संकलन भयो।

धानको बीउ वितरण गर्ने सनराइज एग्रिकल्चर एण्ड रिसर्च सेन्टर लमही–३ टिकुलीगढ लाई सरकारले कारबाही गर्‍यो। अनि किसानलाई उपलब्ध गराउने रकम स्थानीय पालिकामा पठायो।

अहिले पालिकामा आएको रकम पोहरसाल किनिएको धानको बिउको रकम समेत तिर्न नपुग्ने भएपछी किसानले रकम बुझेका छैनन ।‘रकम थोरै भयो । मेहनतको कुरै छैन । त्यतिबेला किनिएको धानको बिउको मुल्य समेत पुग्दैन’चौधरीले भने–‘जति क्षति भएको छ । त्यति रकम चाहिन्छ ।’

किसानले धानको बीउ विक्रि गरेको कम्पनीको ध्यानाकर्षण गराएका छन । तर, कम्पनीले सरकारलाई आफुहरुले रकम तिरेको र सरकारले नै किसानलाई क्षतिपूर्ति दिने बताएको छ ।‘धेरै बेर छलफल भयो। जहाँ बाट बीउ किनियो त्यहीँ पुगेर छलफल गर्दा केही गर्न नसकिने जवाफ आयो’ छविलाल कोपिलाले भने–‘अहिले सरकारले पालिकामा पठाएको रकमले लागतनै उठ्दैन । यति थोरै रकम बुझ्न किसानहरुले मान्नु भएको छैन।’

लमही–१ सुन्डबरीका पिरनलाल चौधरीले आठ कट्ठामा गरिमा जातको धान रोपे । तर, बीउ नक्कली परेपछी पिरनलाल ठगिन पुगे । साढे तीन सय रुपैयाँ किलोको दरले १४ सय रुपैयाँको धानको बीउ चार किलो किनका हुन । अहिले सरकारले पालिकामा पठाएको रकम थोरै भएको उनले बताए । किसानले १०० प्रतिशतनै क्षतिपूर्ति माग गरेका छन्।

बीउ विक्रि गर्ने कम्पनीको गोदाममा किसानले लगाए ताला


लमही नगरपालिका वडा नं. ३ मा रहेको सनलाइज एग्रिकल्चर एण्ड रिसर्च सेन्टरको गोदाममा किसानले ताला लगाएका छन् । क्षतिपूर्ति रकम माग राख्दै कम्पनीमा पुगेका किसानले गोदममा ताला लगाएका हुन् ।

 

दाङमा आयो १८ लाख ८२ हजार क्षतिपूर्ति रकम तर, किसानले बुझेनन्


दाङ जिल्लामा गरिमा धान खेति गरेर ठगिएका किसानलाई सरकारले क्षतिपूर्ति उपलब्ध गराउन १८ लाख ८२ हजार रुपैयाँ स्थानीय सरकारमा पठाएको कृषि ज्ञान केन्द्र दाङका प्रमुख शन्देस धितालले जानकारी दिए।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ सरकारले किसानलाई क्षतिपूर्ति दिन रकम पालिकामा पठाएको हो। बीउ प्रयोग भएको परिणाम र क्षेत्रफलको आधारमा किसानलाई रकम उपलब्ध गराइने छ।

तर, किसान रकम बुझ्न पालिकामा अझै नआएको लमही नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टोपेन्द्र केसीले जानकारी दिए। लमही नगरपालिकामा १५ लाख ८८ हजार रका आएको छ । दाङमा ३ सय २९ किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारले रकम पठाएको छ।

जेठ ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्