लकडाउनका बेला होटलमा जुवा, २ लाख ८ हजार रुपैयाँसहित ५ जना पक्राउ

सांकेतिक तस्बिर

काठमाडौं-  धनुषा प्रहरीले जनकपुरको बाटिका होटलमा जुवा खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको छ।

उनिहरुको साथबाट २ लाख ८ हजार रुपैयाँ पनि बरामद भएको धनुषा प्रहरीले जनाएको छ।

लकडाउनका बेला बन्द होटलभित्र जुवा खेलिरहेको सुचनापछि प्रहरीको टोली छापा मार्न पुगेको थियो।

जेष्ठ ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू