७० जना संक्रमितहरु संक्रमणमुक्त भई घर फर्के

नेपालमा शुक्रबार २१ जना कोरोना भाइरसका संक्रमित १७ औँ देखि २० औँ दिनमा संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। योसँगै कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्कनेहरुको संख्या ७० पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुको उमेर १ देखि ६० वर्षसम्म रहेको छ।

उनीहरुमध्ये महिला ९ जना र पुरुषहरु १२ जना रहेका छन्।

प्रादेशिक विवरण अनुसार प्रदेश नम्बर १ मा अहिलेसम्म २६ जना, प्रदेश नम्बर २ मा ६ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश नम्बर ५ मा २२ जना र सुदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित हालसम्म संक्रमणमुक्त भएर डिसचार्ज भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या ७० पुगेको छ।

जेठ ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्