सुदूरपश्चिममा ५ जना कोरोना संक्रमित थपिए

धनगढी- सुदूरपश्चिमका आज ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कैलालीका तीन, बैतडी एक र डडेल्धुराका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

धनगढी प्रयोगशालामा बिहिबार गरिएको परीक्षणमा पाँच जनामा कोरोना पुष्टि भएको हो।

कैलालीको जानकी गाउँपालिकाका तीन जना, डडेल्धुराको परशुराम नगरपालिका एक जना र बैतडीको शिवनाथ गाउँपालिकामा एक जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिक श्रेष्ठले बताए।

यसअघि ५ जना र यि थप ५ संगै सुदूरपश्चिममा संक्रमितको सङख्या १० पुगेको छ।

यस अघि देखिएका ५ जना भने निको भएर घर फर्कीसकेका छन । सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना संक्रमित फेला परेका थिए।

जेष्ठ ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू