एकल महिलाको सामाजिक सुरक्षा भत्ता यथावत राख्न निर्देशन

काठमाडौँ- संसदको महिता तथा सामाजिक समितिले एक महिला, अपांगता भएका व्यक्ति, बालबालिका, लोपोन्मुख जातिलाई राज्यले दिँदै आएको सामाजिक सुरक्षा भत्ता कटौती नगर्न सरकारलाई निर्देशन दिएको छ।

सरकारले कोरोनाका कारण अर्थतन्त्र नाजुक अवस्थामा पुगेको भन्दै ६० वर्ष मुनिका त्यस्ता व्यक्तिलाई सामाजिक सुरक्षाभक्ता कटौती गर्ने निर्णय गरेको थियो। निर्णयको सार्वजनिक रुपमा विरोध भइरहेका बेला संसदीय समितिले शुक्रबार नै उक्त सामाजिक सुरक्षालाई निरन्तरता दिन निर्देशन दिएको हो। ‘महामारीको समयमा उपलब्ध गराइँदै आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिन आवश्यक रहने देखिएकाले प्रचलित सामाजिक सुरक्षा भत्ता हाललाई यथावत राख्न समिति नेपाल सरकार गृह मन्त्रालयलाई निर्देशन गर्दछ,’ समितिको निर्णयमा भनिएको छ।

सरकारले सामाजिक सुरक्षा ऐन २०७५ मा त्रुटि रहेको र यसमा हेरफेर गर्नुपर्ने भन्दै ६० वर्षमुनिका एकल महिला तथा अपांगता भएको व्यक्तिको सामाजिक सुरक्षा भत्ता रोक्ने निर्णय गरेको थियो। नेपालमा हाल दुई लाख व्यक्तिले अपांगता भत्ता र ६ लाखभन्दा बढी व्यक्तिले एक महिला भक्ता पाउँदै आएका छन्।

जेष्ठ ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू