१३ जना संक्रमित फेला परेपछि सर्लाहीको गोडैता नगरपालिका सील गर्ने निर्णय

जनकपुरधाम-सर्लाहीको गोडैता नगरपालिकालाई सील गर्ने निर्णय भएको छ। आज यस नगरपालिकाको विभिन्न वडामा १३ जना कोरोना संक्रमित फेला परेपछि मेडिकल पसल बाहेकका सबै पसलहरु बन्द गर्ने निर्णय भएको गोडैता नगरपालिकाका नगरप्रमुख देवेन्द्र कुमार यादवले जानकारी दिए।

यस नगरपालिकामा रहेको दुई वटा क्वारेन्टाइनमा ८० जना रहेकोमा तिनीहरुको अहिले स्वाब परीक्षण समेत नभएको र २८ जनाको रिपोर्ट आउन अहिले बाँकी रहेको छ।

एकै दिनमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएकोले हालको लागि वडा नं. १ देखि १२ सम्मै पुर्ण रुपले सील गर्ने निर्णय गरिएको नगरप्रमुख यादवले बताए।

उनले भने, ‘आज मात्र हाम्रो नगरपालिकामा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने अहिले २८ जनाको रिपोर्ट आउन बाँकी रहेको छ र धेरैको स्वाब पनि संकलन भएको छैन् । जब सम्म सबैको रिपोर्ट आउँदैन तब सम्म नगरपालिका सिल नै रहन्छ ।’

नगरपालिकाले यस अबधीमा औषधि पसल बाहेक अन्य सबै पसल तथा बितिय संस्था, गैर सरकारी संघ संस्थाहरु, नगरकार्यपालिकाको कार्यालय अनिश्चित कालको लागि बन्द गरिएको हो।

जेष्ठ ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू