थुनुवामा कोरोना देखिएपछि प्रहरी कार्यालय सिल

धनगढी– जिल्ला प्रहरी कार्यालय बैतडीमा रहेका एक जना थुनुवामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ। कर्तव्य ज्यानको मुद्दामा पक्राउ परेका थुनुवामा कोरोना संक्रमण देखिएको हो।

चैत ६ गते भारतबाट नेपाल आएका ती व्यक्तिलाई वैशाख १५ गते पक्राउ गरिएको डिएसपी दिल्ली नारायण पाण्डेले जानकारी दिए।

सेती प्रादेशिक अस्पतालमा पिसिआर परिक्षणमा थुनुवामा रहेका एक जनालाई कोरोना पोजेटिभ देखिएको र अन्य ५ जनाको स्वाब संकलन गरि पठाइएको उनले जानकारी दिए।

उनमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालयसमेत सिल गरिएको छ। उनका अनुसार उनको सम्पर्कमा आएका आइसोलेसनमा राखिनेछ।

जेठ ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्