कोरोना अपडेटः संक्रमित ५०७, निधन ३, संक्रमणमुक्त ७०

काठमाडाैँ– नेपालमा कोराेना संक्रमितको संख्या पाँच सय नाघेकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपराह्नसम्म अध्यावधिक गरेको विवरण अनुसार नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ५ सय ७ पुगेको छ।

पछिल्लो समय कोरोना संक्रमण दर तीब्र बनेकाे छ। संक्रमित हुने अधिकांश व्यक्तिहरु भारतबाट फर्केकाहरु छन्। शुक्रबारसम्म कोरोनाको संक्रमण ४० जिल्लामा फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

नेपालमा कोरोनाको संक्रमणबाट तीन जनाले ज्यान गुमाइसकेका छन्। सिन्धुपाल्चाेक जिल्लाकी एक महिला, बाँकेको नरैनापुरका एक पुरुष र गुल्मीका एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७० जना कोरोना संक्रमित उपचार पश्चात निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।

जेष्ठ ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्