सर्लाहीका संक्रमितहरु भारतको दिल्ली र मुम्बईबाट आएका थिए

सर्लाही-शुक्रबार संक्रमित भेटिएका सर्लाहीका १५ जना लकडाउनकै समयमा भारतबाट आएको खुलेको छ।

शुक्रबार कोरोनाको संक्रमण पुष्टि भएका जिल्लाका १५ जना संक्रमित हरु भारतको दिल्ली र मुम्बईबाट आएको समाजिक बिकाश मन्त्रालय प्रदेश नम्बर २ का सचिव रामप्रसाद घिमिरेले जानकारी दिए।

गोडैता नगरपालिकामा भेटिएका १४ जना संक्रमित हरु गत जेठ २ र ३ गते भारतबाट फर्किएर क्वारेन्टाईनमा आएर बसेको नगरपालिकाका स्वास्थय सह सँयोजक प्रमोद पण्डितले जानकारी दिए।

भारतबाट फर्के लगतै क्वारेन्टाईनमा राखिएका उनीहरुको गत जेठ ६ गते क्वारेन्टाईनमै रहेका बेला स्वाब सँकलन गरि राष्ट्रिय जनस्वास्थय प्रयोगशाला टेकु काठमाडौंमा पठाइएको थियो।

कोरोनाको संक्रमण देखिएका मध्ये जिल्लाको गोडैता नगरपालिकाका १४ जना र रामनगर गाउँपालिकाका एक जना गरि १५ जना छन्। उनीहरु मध्ये गोडैताका एक महिला पनि छिन्।

संक्रमित हरुलाई उपचारको लागि प्रादेशकि अस्पताल जनकपुरको कोभिड १९ अस्पताल आईसोलेशनमाम भर्ना गरिने प्रदेश सचिव घिमिरेले बताए।

योसँगै प्रदेश नम्बर २ मा कोरोना संक्रमित हरको सख्या १ सय ५१ पुगेको छ ।प्रदेशमा रहेका सबै आठ वटै जिल्लामा संक्रमित हरु देखिएका छन्।

जेष्ठ ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू