थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५१६ पुग्यो

काठमाडौँ– नेपालमा थप ९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ सय १६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा मकवानपुर हेटौँडा–३ की ५४ वर्षीया महिला र भक्तपुरकी ४२ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ।

यस्तै वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीको बलान–बिहुल गाउँपालिकाका ३५ वर्षीय पुरुष र किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा भएको परीक्षणमा बाराको सिमरनगड नगरपालिकाका २२, २७, ३०, ३४, ३८ र ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि मन्त्रालयले जानकारी दिएको छ।

जेष्ठ ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू