कोरोना बीमालेख खरिद गर्न बीमा समितिको सूचना

काठमाडौँ-बीमा समितिले न्यून आए भएका वर्गहरुलाई कोरोना बीमालेख खरिद गर्न सूचना जारी गरेको छ।

समितिले शुक्रबार सामाजिक सञ्‍जालमार्फत सूचना जारी गर्दै न्यून आय भएका मानिसहरुलाई हुन सक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्ने उद्देश्यले बीमा लेख जारी गरेको हो।

विश्वभर फैलिएको महामारी कोरोना भाइरसका कारण नेपालमा पनि दिनहुँ संक्रमितको संख्या बढ्ने क्रममा छ। उक्त जोखिमलाई मध्यनजर गर्दै समितिले बीमा लेख जारी गरेको जनाएको छ।

सो बीमा लेखमा एक लाखको बीमाका लागि प्रतिव्यक्ति एक हजार रुपैयाँ तथा सम्पूर्ण परिवारको बीमालेख खरिद गरेमा प्रतिव्यक्ति छ सय बीमा शुल्क लाख्ने समितिले जारी गरेको सूचनामा उल्लेख छ।

यस्तै ५० हजारको बीमा लेखका लागि प्रतिव्यक्ति पाँच सय रुपैयाँ तथा सम्पूर्ण परिवारको बीमालेख खरिद गरेमा प्रतिव्यक्ति तीन सय रुपैयाा शुल्क लाग्ने समितिले जानकारी दिएको छ।

समितिका अनुसार पिसिआर टेस्ट पोजिटिभ आएमा तुरुन्त रकम दिइनेछ।

जेष्ठ ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू