भक्तपुरकी संक्रमित महिला स्थानीय जनप्रतिनिधि

काठमाडौँ- शुक्रबार बेलुकी स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेका कोरोना भाइरस संक्रमितहरुमध्ये भक्तपुर नगरपालिकाकी एक नगर सदस्य पनि छिन्।

भक्तपुर नगरपालिकाकी ती ४२ वर्षीय नगर सदस्य राहत बाँड्न तथा अन्य काममा बाहिर निस्कने गरेकी थिइन्।

भक्तपुर प्रहरीको एक स्रोतका अनुसार केही दिनअघि गरिएको स्वाब संकलनका क्रममा उनीमा संक्रमण पुष्टि भएको हो।

जेष्ठ ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्