बर्लिन डर्बीमा हेर्थाको शानदार जित

जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा हेर्था बर्लिन क्लब विजयी भएको छ । ओलम्पिक मैदानमा भएकोख ेलमा हेर्थाले एफसी युनियन बर्लिनलाई ४–० ले पराजित गरेको हो ।

पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा हेर्थाले चारै गोल दोस्रो हाफमा गरेको हो । उसका लागि इबिसेविकले ५१ औँ तथा लुकेबाकिओले ५२ औँ मिनेटमा गोल गरे ।

यसैगरी सान्तोस कार्नेइरो डा कुन्हाले ६१ औँ तथा बोयातालो ७७ औँ मिनेटमा गोल गरे । पश्चिम र पूर्व बर्लिनका क्लबबिचको खेल रोमाञ्चक थियो । जितपछि हेर्थाको २७ खेलबाट ३४ अंक भएको छ । उ १० औँ स्थानमा छ ।

जेठ १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्