सुदूरपश्चिमका पाँचै संक्रमितको स्वास्थ्य अवस्था सामान्य

धनगढी – सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसका नयाँ संक्रमितको स्वास्थ्य अबस्था सामान्य रहेको छ । शुक्रबार संक्रमण पुष्टि भएका पाँचैजना समन्धित जिल्लाका अस्पतालको आइसोलेशनमा रहेका छन् ।

शुक्रबार सुदूरपश्चिमका तीन जिल्लाका पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनीहरुलाई तीनवटा अस्पतालको आइसोलेशनमा राखिएको हो।

कैलालीको जानकी गाउँपालिकास्थित सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षीय युवकलाई टीकापुर अस्पताल, डडेल्धुराको परशुराम नगरपालिका वडा नम्वर १० का २८ वर्षीय युवकलाई डडेल्धुरा अस्पताल र बैतडीको शिवनाथ गाउँपालिकाका २२ वर्षीय युवकलाई बैतडी जिल्ला अस्पतालको आइसोलेशनमा राखिएको छ ।

पाँचैजनाको स्वास्थ्य अवस्था सामान्य भएकाले सम्बन्धित क्षेत्रकै अस्पतालमा भर्ना गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। सुदूरपश्चिम प्रदेशमा यसअघि देखिएका पाँचजना कोरोना संक्रमित भने निको भएर घर फर्किसकेका छन् ।

जेष्ठ १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू