अमेरिकामा १६ लाख भन्दा बढी संक्रमित, ब्राजिलमा संक्रमितको संख्या विश्वमै दोस्रो धेरै

कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या १६ लाख भन्दा बढी पुगेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयलेको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा संक्रमितको संख्या १६ लाख ७२३ भन्दा बढी पुगेको हो । यस्तै कोभिड–१९ बाट मृत्यु हुनेको संख्या पनि अमेरिकामा ९५ हजारभन्दा बढी पुगेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार शुक्रबार थप १२ सय ६० जनाको मृत्यु भएसँगै अमेरिकामा ज्यान गुमाउनेको कुल संख्या ९५ हजार ९७२ पुगेको हो ।

विश्वभर संक्रमितको संख्या ५२ लाख ९ हजार भन्दा बढी पुगेको छ । अहिलेसम्म कोभिड–१९ बाट तीन लाख ३८ हजार भन्दा बढीको ज्यान गइसकेको छ ।

पछिल्लो समय दक्षिण अमेरिकी देश ब्राजिल कोरोना भाइरस महामारीको नयाँ इपिसेन्टर बन्दै गएको देखिएको छ।

अमेरिकापछि सबैभन्दा धेरै संक्रमित ब्राजिलमा छन् । त्यहाँ हालसम्म तीन लाख ३० हजार ८९० जनामा संक्रमण पुष्टि भएकोमा २१ हजार ४८ जनाको ज्यान गएको छ ।

संक्रमितको संख्या तीन लाख २६ हजार ४४८ रहेको रुसमा भने ज्यान गुमाउनेको संख्या ३२ सय ४९ रहेको छ।

जेष्ठ १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू