देशभरको मौसम दिनभर कस्तो रहन्छ?

काठमाडौँ – देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्थानीय वायु र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसम बदली भएको हो।

बंगलादेशको आसपासमा अवस्थित चक्रवात अम्पुन कमजोर भई न्यून चापीय प्रणालीको रुपमा रहेको छ र यसले नेपालको पूर्वी भू–भागमा आंशिक प्रभाव पारेको मौसमविदले बताएका छन् ।

अहिले पश्चिम पहाडी भू–भागसहित मध्य तथा पूर्वी भू–भागमा सामान्य बदलीको अवस्था छ । यस्तै बाँकी भू–भागमा आंशिक बदली भएको छ।

शनिबार दिउँसो देशको पश्चिमी पहाडी भू–भाग लगायत मध्य तथा पूर्वी भू–भागमा सामान्य बदली हुने मौसमविदले बताए । देशका बाँकी क्षेत्रको मौसम आंशिक बदली हुने जनाइएको छ ।

यस्तै मध्य तथा पूर्वी भू–भागका केही स्थान र पश्चिमी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति देशैभरि सामान्य बदली रहनेछ । मध्य तथा पूर्वी भू–भागका केही स्थान र पश्चिमी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

जेष्ठ १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू