कोभिड–१९ बाट निधन भएका शिक्षकका गाउँलेको रिपोर्ट नेगेटिभ

गुल्मी – कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाएका गुल्मीको मदाने गाउँपालिकाका शिक्षकका गाउँलेको रिपोर्ट नेगेटिभ आएको छ । गाउँका २५ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।

शिक्षकलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको अर्को दिन जिल्ला स्वास्थ्य कार्यालयको टोलीले ती शिक्षकसँग प्रत्यक्ष सम्पर्कमा आएका ३० जनाको स्वाब सङ्कलन गरी पिसिआरका लागि पठाएको थियो ।

स्वाब सङ्कलन भएकाहरुमा मृतकका परिवार, बैंकका कर्मचारी, स्थानीय क्लिनिक सञ्चालकलगायत थिए । तीमध्ये पाँचजनाको रिपोर्ट आउन बाँकी रहेको र २५ जनालाई कोरोना सङ्रक्रमण नभएको रिपोर्ट आएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।

स्वास्थ्य कार्यालय तम्घासका ६ र मदानेका ३० गरी कुल ३६ को स्वाब पठाइएको थियो । त्यसमध्ये मदानेका पाँच र तम्घासका ६ गरी अझै ११ जनाको रिपोर्ट आउन बाँकी रहेको उनले बताए ।

जेष्ठ १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू