३२ जना संक्रमित थपिए, कुल संक्रमितको संख्या ५४८ पुग्यो

काठमाडौँ – कोरोना भाइरस संक्रमितको संख्या ५४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार बिहान थप ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले बताएका छन् ।

सर्लाहीका १३, कपिलवस्तु र रुपन्देहीका ८–८ तथा बारा, चितवन र काठमाडौका एक–एकजनामा संक्रमण पुष्टि भएको हो ।

कपिलवस्तुको वाणगंगा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४० र ४२ वर्षका पुरुष तथा २७ वर्षकी महिलामा कोरोना संक्रमण देखिएको हो।

यस्तै सर्लाहीको गोडैता र कविलासी नगरपालिका १८, २० (तीनजना), २१, २२, २३, २६ (दुईजना), २८, ३३ र ३५ (दुईजना) वर्षका पुरुषमा संक्रमण पुष्टि भएको जनाइएको छ ।

यसैगरी रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकाका २० (दुईजना), २४ (दुईजना), २७, ३० (दुईजना), ५५ वर्षका पुरुषमा संक्रमण देखिएको हो ।

यस्तै चितवनको भरतपुर–६ का ५२ वर्षे पुरुष, काठमाडौका ३५ वर्षे पुरुष तथा बाराको करैयामाइ गाउँपालिकाकी ३७ वर्षकी महिलामा पनि संक्रमण देखिएको हो ।

जेष्ठ १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्