सर्लाहीका संक्रमित एक हप्ता पहिले आएका थिए भारतबाट

जनकपुरधाम – सर्लाहीका कोरोना भाइरस संक्रमितहरु एक हप्ता पहिले भारतका विभिन्न ठाउँबाट आएको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान कुल ३२ जनामा कोरोना संक्रमण रहेको पुष्टि गरेकोमा १३ जना सर्लाहीका हुन् ।

कोरोना संक्रमण पुष्टि भएका १३ जना एक हप्ता पहिले भारतको दिल्ली, मुम्बई र गुजरातबाट फर्केर आएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिए । संक्रमितहरु भारतबाट आएपछि क्वारेन्टाइनमा बसेका थिए ।

शनिबार १३ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा १२ जना गोडैता नगरपालिकाको र एकजना कविलासी नगरपालिकाको रहेको प्रमुख जिल्ला अधिकारी जिसीले जानकारी दिए ।

यस भन्दा पहिले शुक्रवार सर्लाही जिल्लामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा १३ जना गोडैता नगरपालिकाका थिए ।

गोडैता नगरपालिकामा दुई दिनमा मात्र २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नगरप्रमुख देवेन्द्र कुमार यादवका अनुसार शुक्रबारदेखि नै नगरपालिका अनिश्चितकालका लागि सिल गरिएको छ ।

जेष्ठ १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू