कर्मचारी सञ्चय कोषले अब अनलाइनमार्फत विशेष सापटी सेवा प्रदान गर्ने

काठमाडौँ – कर्मचारी सञ्चय कोषले अनलाइनमार्फत विशेष सापटी सेवा सञ्चालन गर्ने भएको छ। सरकारले गएको चैत ११ गतेदेखि गरेको लकडाउनसँगै बन्द रहेको कोषले आइतबारदेखि विशेष सापटी सेवा अनलाइनमार्फत सञ्चालन गर्ने विज्ञप्ती मार्फत जानकारी दिएको हो।

लकडाउनका कारण यातायात लगायतका सबै क्षेत्र प्रभावित भएको अवस्थालाई मध्यनजर गर्दै घर तथा कार्यालयबाटै सहज तथा प्रभावकारी रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले अनलाइन विशेष सापटी सेवा सुरु गर्न लागेको विज्ञप्तीमा उल्लेख छ।

कोषका प्रबन्धक रामप्रसाद लामिछानेले उक्त विशेष सापटी सेवा लिन केवाइसी लिइसकेका सञ्चयकर्ताले र अद्यावधिक नहुने कार्यालयहरुले अनलाइनबाट केवाइसी अद्यावधिक गर्न सक्ने बताए।

उनले भने, ‘यो केवाइसी लिइसकेका सञ्चयकर्ताले फरम भरिसकेका साविक बमोजिम विशेष सापटी बमोजिम जम्मा भएको रकमको ८० प्रतिशत दिने व्यवस्था छ। पहिले कार्यालयबाटै दिने गर्थ्यौँ । अहिलेको परिस्थितिमा त्यो सम्भव नभएर अनलाइनबाट गर्न लागेका हौँ।’

उक्त सापटी लिन सञ्चयकर्ताले कोषको वेबसाइटमा गइ प्राप्त निर्देशनअनुसार अनलाइन फाराम भरेरसापटीको आवेदन फाराम भरी स्क्यान कपी अपलोड गरेर पठाउनुपर्ने कोषले जनाएको छ।

सञ्चयकर्ताले पठाएको पारमलाई कोषले रुजु गर्छ र त्यसपछि सम्बन्धित सञ्चयकर्ताको खातामा रकम जम्मा गर्नेछ।

जेष्ठ १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू