काेभिड-१९ काे उपचारमा असहयोग गरेको भन्दै भैरहवाको मेडिकल कलेजलाई चेतावनी

बुटवल – रूपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजलाई कोरोना संक्रमितको उपचारमा सहयोग नगरेको भन्दै चेतावनी दिएको छ ।

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेसलाई कोरोना संक्रमित बिरामीको उपचार गर्न स्वास्थ्यकर्मी उपलब्ध गराउन आग्रह गरेको छ।

यसअघि जेठ ५ गते पत्र पठाएर जनशक्ति उपलब्ध गराउन भनिएकोमा मेडिकल कलेजले उपलब्ध नगराएपछि मन्त्रालयले पुनः पत्र पठाएर चेतावनी दिएको हो ।

वरिष्ठ स्वास्थ्य प्रशासक उमाशंकरप्रसाद चौधरीले पठाएको पत्रमा तोकिएको जनशक्ति उपलब्ध गराउन वा तोकिएको आइसोलेसन बेडमा संक्रमित बिरामी राख्‍न भनिएको छ ।

कोभिड-१९ को व्यवस्थापनमा स्वास्थ्यका सबै निकायले आफ्नो क्षमताअनुसार एकीकृत रूपमा जुट्नुपर्ने आवश्यकता औँल्याइएको उक्त पत्रमा भनिएको छ- ‘अन्यथा यस महामारीको समयमा कोही कसैले असहयोग गरेमा गरेमा प्रचलित कानून अनुसार कारवाहीको प्रक्रिया अगाडि बढाउने व्यहोरासमेत जानकारी गराइन्छ ।’

जेष्ठ १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू