बिरामीमा कोरोना पोजेटिभ देखिएपछि महाराजगञ्जको मनमोहन अस्पतालका सबै सेवा बन्द

काठमाडौँ–  त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) स्थित मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएकी एक महिलामा कोभिड १९ पोजेटिभ देखिएपछि अहिले अस्पतालका सबै सेवा बन्द गरिएको छ।

मुटुमा समस्या आएपछि अस्पताल भर्ना भएकी ती महिलामा कोरोना भाइरसको संक्रमण समेत देखिएपछि अवस्था गम्भीर बनेको अस्पताल स्रोतले जानकारी दिएको छ।

ती महिलालाई कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पतालका उनीसँग सम्पर्कमा आएका चिकित्सकहरु र नर्सहरु गरी ४० जनामा पीसीआर परीक्षण गरिने भएको छ।

मुटुको समस्या भएकी ती महिलामा निमोनियासमेत देखिएपछि चिकित्सकले शंका लागेर कोरोना परीक्षण गर्न पठाएका थिए। ५४ वर्षीया ती महिला मुटुमा समस्या आएपछि सुरुमा हेटौंडाबाट सहिद गंगालाल हृदय रोग केन्द्र गएकी थिइन्। ती महिलालाई कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पतालका उनीसँग सम्पर्कमा आएका चिकित्सकहरु र नर्सहरु गरी ४० जनामा पीसीआर परीक्षण गरिने भएको छ।

केन्द्रले मनमोहन कार्डियो भास्कुलर थेरासिक सेन्टर रिफर गरेको थियो । जेठ ४ गते उनलाई सेन्टरको सीसीयुमा भर्ना गरिएको थियो । शुक्रबार कोरोना भाइरसको रिपोर्ट पोजेटिभ आएलगत्तै शिक्षण अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको छ ।

‘मुटु सम्बन्धी रोग देखिएको छ। ‘मोनिटर’ गर्नुपर्ने भएकाले कोभिड वार्डमै भर्ना गरिएको हो’, अस्पतालका एक चिकित्सकले भने । अहिले ती महिलाको मुटुको चाल र रक्तचापसमेत कम देखिएको छ ।

जेष्ठ १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्