ग्रान्डीका एक कर्मचारीलाई कोरोना भाइरस संक्रमण देखिएपछि केही क्षेत्र सिल

काठमाडौ- ग्रान्डी अस्पतालका एक जना कर्मचारीलाई शनिबार कोरोना भाइरस संंक्रमण पुष्टि भएपछि अस्पतालका केही क्षेत्र सिल गरिएको छ।

शनिबार बिहान स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार ३५ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो।

अस्पताल स्रोतका अनुसार अस्पतालका केही सेवा सिल गरिएका छन् भने कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ।

सुरक्षा स्रोतका अनुसार अस्पतालका कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पतालका केही क्षेत्रका सेवा बन्द गरिएका छन्।

जेष्ठ १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्