थप ३६ जनामा संक्रमण, कुल संक्रमित ५८४

फाइल तस्बिर

काठमाडौँ- नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ५८४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थप ३६ जनामा संक्रमण पुष्टि भएको हो।

सेती अस्पतालको प्रयोगशालामा कैलालीका ४ जना संक्रमित पुष्टि भएका हुन्।

स्वास्थ्य मन्त्रालयको मिडिया ब्रिफिङका अनुसार २० वर्षका २ पुरुषसहित चार पुरुषमा कोरोना संक्रमण देखिएको हो। उनीहरुमा चारैजनामा आरडिटी पोजेटिभ भएपछि पीसीआर गर्दा पोजेटिभ देखिएको हो।

त्यस्तै सुर्खेतमा २ जना पुरुष र १ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

कोशी अस्पतालमा झापाका ३३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको टेस्टमा नरैनापुरका २७ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, बर्दिया बडैयाताल ७ का १ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ।

 

जेष्ठ १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्