कोरोना संक्रमित बढेसँगै प्रदेश प्रवेशमा कडाइ गर्दै कर्णाली सरकार

सिमकोट– कर्णाली प्रदेश सरकारले प्रदेश प्रवेशमा थप स्वास्थ्य परीक्षणको व्यवस्थासहित कडाई गर्ने भएको छ।

शनिबार एकै दिन सुर्खेतका तीन जनामा कोरोना संक्रमण देखिएसँगै कर्णाली प्रवेशमा थप कडाइ गर्न लागिएको हो।

विशेष गरी भारतबाट आउने व्यक्तिहरुको प्रवेश बिन्दुमै आवश्यक स्वास्थ्य परीक्षणको व्यवस्था र आवश्यक मनोसामाजिक परामर्श प्रदान गर्ने कर्णाली प्रदेश प्रकोप व्यवस्थापन केन्द्रले निर्णय गरेको छ।

भारत वा देशकै जोखिमयुक्त क्षेत्रबाट आएका व्यक्तिहरुको सम्पुर्ण विवरण अद्यावधिक राखि उनीहरुको उद्धार तथा यातायातको व्यवस्थासहित सम्वन्धित जिल्लाको क्यारेन्टिनमा राख्ने व्यवस्था गर्न समन्वय गरिने छ।

अत्यावश्यक अवस्थामा नेपाल–भारतको सिमानाकाबाट पनि उद्धार गर्ने प्रदेश सरकारले जनाएको छ।

जेष्ठ १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्