कोरोना अपडेटः संक्रमित ५ सय ८४, निधन ३, संक्रमणमुक्त ७०

काठमाडाैँ– नेपालमा कोरोना भाइरसको संक्रमण तीब्र बनेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपराह्नसम्म अद्यावधिक गरेको विवरण अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ।

यस्तै कोरोना भाइरसको संक्रमणबाट हालसम्म तीन जनाले ज्यान गुमाएका छन्। सिन्धुपाल्चोकी एक महिला, बाँकेका एक पुरुष र गुल्मीका एक पुरुषको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ७० जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। स्वास्थ्य मन्त्रालयले हालसम्म कोरोना भाइरसको संक्रमण ४१ जिल्लामा फैलिएको जनाएको छ।

जेष्ठ १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्