मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सांकेतिक तस्बिर

मोरङ– सुनसरीको हरिनगरा गाँउपालिकामा भएको सडक दुर्घटनामा एक युवकको मृत्यु भएको छ।

विराटनगरस्थित प्रदेश एक प्रहरी कार्यालयका अनुसार शनिबार दिउँसो हरिनगरा गाँउपालिका ७ स्थित कबिलनसामा भएको मोटरसाइकल दुर्घटनामा २५ वर्षीय सजिम अन्सारीको मृत्यु भएको हो।

प्रदेश एक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमन तिम्सिनाका अनुसार करिब अढाई बजे दिउँसो सुनसरीकै घुस्कीबाट देवानगञ्जतर्फ जाने क्रममा को २ प ८८४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार अन्सारी गम्भीर घाइते भएका थिए।

घाइते अन्सारीलाई तत्कालै विराटनगरको गोल्डेन अस्पताल उपचारका लागि पुर्‍याइए पनि उपचारका क्रममा अपरान्ह पौने ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

जेष्ठ १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू