कर्मचारीको तलबका लागि निजी प्रतिष्ठानलाई सकारले अनुदान दिनुपर्छ

काठमाडौँ – मानव संशाधन समाज नेपालले कोभिड–१९ ले पारेको प्रभावका कारण रोजगारीको क्षेत्रमा उत्पन्न जटिल परिस्थितिको समाधानका लागि सरकार र निजी क्षेत्रबाट हालसम्म कुनै प्रयास नभएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एक प्रेस वक्तव्य जारी गर्दै समाजले संकटको घडीमा सीमित अवधिका लागि व्यापार व्यवसायहरु सञ्चालन नभएसम्म निजी क्षेत्र, कर्मचारीहरु र सरकारको बराबर योगदान हुनु पर्ने बताएको छ ।

केही समयका लागि प्रतिष्ठानहरुले ५० प्रतिशत तलब उपलब्ध गराउनु पर्ने र त्यसमा सहमतिका आधारमा कति सकिन्छ सरकारले बेहोर्नु पर्ने समाजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कर्मचारीहरुको तलबमा प्रतिष्ठानहरुले ५० प्रतिशत ब्यहोरे वापत सरकारले उक्त भारमा अनुदानको व्यवस्था मिलाइदिनु पर्ने माग समाजले गरेको छ ।

लकडाउन सुरु भएदेखि लागू हुने गरी सहमितिका आधारमा पहिलो महिना ८० प्रतिशत, दोस्रो महिना ६० प्रतिशत, तेस्रो महिनामा ४० प्रतिशत र त्यसपछिका ३ महिना लगातार २० प्रतिशतका दरले प्रतिष्ठानहरुले दिने र बाँकीको हकमा सहमतिका आधारमा सरकार र कर्मचारीहरुले ब्यहोर्नु पर्ने सुझाव दिइएको हो ।

आलोपालो तालिमका आधारमा कर्मचारी वर्गलाई काममा लगाई कसैलाई पनि मर्का नपर्ने तरिकाले तलब भुक्तानी गर्ने जसका कारणले प्रतिष्ठान पनि सूचारु हुने र कर्मचारीहरुको दैनिक पनि चल्ने अवस्थाको सृजना गराउनु पर्ने समाजको राय छ ।

यस्तो छ समाजको विज्ञप्ति

जेष्ठ १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्