बार्यन म्युनिखलाई शानदार जित, डर्टमुण्डको दबाब कायमै

उपाधि होडमा रहेको शीषस्थानको बार्यन म्युनिखले जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा प्रभावशाली जित दर्ता गरेको छ ।

लिग अन्तर्गत घरेलु मैदानमा भएको खेलमा बार्यन म्युनिखले फ्र्यांकफर्टलाई ५–२ ले पराजित गरेको हो । पहिलो हाफमा दुई गोल गरेको बार्यनले दोस्रो हाफमा दुई गोल खाएर तीन गोल गरेको हो ।

बार्यनका लागि लियोन गोरेट्ज्काले १७ औँ, थोमस मुलरले ४१ तथा रोबर्ट लेवान्डोस्कीले ४६ औँ मिनेटमा गोल गरे । फ्र्यांकफर्टका लागि मार्टिन हिन्टररेगरले ५२ र ५५ औँ मिनेटमा गोल गरे ।

बार्यनका लागि अल्फान्सो डेविसले ६१ औँ मिनेटमा गोल गरेपछि टिमले ४–२ को अग्रता लियो । ७४ औँ मिनेटमा हिन्टररेगरले आत्मघाती गोल गरेपछि बार्यन ५–२ को जित दर्ता गर्न सफल भयो ।

जितपछि शीर्ष स्थानको बार्यनको २७ खेलबाट ६१ अंक भएको छ । शनिबार राति नै भएको खेलमा दोस्रो स्थानको बोरुसिया डर्टमुण्डले वुल्फबर्गलाई २–० ले पराजित गरेर बार्यनमाथि दबाब कायम राखेको छ । डर्टमुण्डको २७ खेलबाट ५७ अंक भएको छ ।

जेठ ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्