प्रिमियर लिगः दुई क्लबका थप दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि

इंग्लिस प्रिमियर लिगका थप दुई क्लबका दुई खेलाडीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार, बिहीबार र शुक्रबार भएका पछिल्लो चरणको परीक्षणमा दुई क्लबका दुईजनामा संक्रमण देखिएको हो ।

तीन दिन लगाएर सबै क्लबका खेलाडी तथा पदाधिकारी–कर्मचारीको परीक्षण भएको हो । कोरोना भाइरसको संक्रमण देखिएका खेलाडी वा पदाधिकारी हाल एक हप्ताका लागि सेल्फ आइसोलेशनमा गएका छन् । यो पटकको परीक्षणमा हरेक क्लबबाट ५० जनासम्मको परीक्षण भएको हो ।

मे १९ मा भएको पहिलो चरणको परीक्षणमा तीन क्लबका ६ जनामा संक्रमण देखिएको थियो । मे १७ र १८ गरी ७४८ जना खेलाडी तथा पदाधिकारीको परीक्षण भएको थियो ।

कोरोना भाइरसको महामारीका कारण रोकिएको यो सिजनका लिगका बाँकी खेलहरु पूरा गर्ने अभियान स्वरुप परीक्षण भएका हुन् । आउँदो जुनमा लिगका बाँकी ९२ खेल पूरा गर्ने तयारी गरिएको छ ।

जेठ ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्