ला लिगाका खेलाहरु जुन दोस्रो हप्तादेखि पुनः सुरु हुने

कोरोना भाइरसको महामारीका कारण रोकिएको स्पेनिस ला लिगाका खेलहरु आउँदो जुन दोस्रो हप्तादेखि सुरु गर्न सरकारले स्वीकृति दिएको छ ।

स्पेनिस प्रधानमन्त्री पेद्रो सान्चेजले लिगका खेलहरु बन्द रंगशालामा आउँदो जुन ८ देखि सुरु गर्न सकिने बताएका हुन् । ला लिगाका अध्यक्ष जाविएर तेबासले जुन १२ देखि शीर्ष लिगका खेलहरु सुरु हुने अपेक्षा रहेको बताएका छन् ।

तर ला लिगाले अझै पनि रोकिएका खेलहरु पुनः सुरु हुने मिती तय गरेको छैन । यो हप्तादेखि ला लिगा क्लबका खेलाडीहरुले अधिकतम १० जनाको समूहमा प्रशिक्षण सुरु गरेका छन् ।

स्पेनको दोस्रो डिभिजनका खेलहरु पनि सुरु हुने तयारी गरिएको छ।

जेठ ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्