हल्चोक प्रहरी बिटका इन्चार्जले आफैलाई गोली ठोके, घटनास्थलमै मृत्यु

सांकेतिक तस्बिर ।

काठमाडौँ – स्वयम्भू प्रहरी वृत्त अन्तर्गत हल्चोक प्रहरी बिटका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) विष्णु बहादुर कार्कीले आफैलाई गोली प्रहार गरि आत्महत्या गरेका छन् ।

आइतबार बिहान प्रहरी सहायक निरीक्षक कार्कीले आफ्नै कन्चटमा गोली प्रहार गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

राति १२ बजे डिउटी सकेर सुतेका उनी बिहान साढे ६ बजे टाउकोमा गोली लागेको अवस्थामा मृत फेला परेका हुन् । घटनास्थलमा उनले प्रयोग गर्दै आएको पेस्तोल पनि भेटिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता राजकुमार केसीले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको केसीले बताए । दोलखा घर भएका कार्की गत वर्षको वैशाख देखि हल्चौकको इन्चार्जका रुपमा कार्यरत थिए

जेठ ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्