झापाका कोरोना संक्रमित पुरुष केही दिनअघि दिल्लीबाट फर्केका

झापा– झापाको बाह्रदशी गाउँपालिकाका कोरोना भाइरस संक्रमित पुरुष केही दिनअघि भारतको राजधानी दिल्लीबाट आएको बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले बताएका छन्।

उनमा आइतबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आइतबार पुष्टि भएकासंगै झापामा संक्रमितको संख्या ३७ पुगेको छ।

३३ जना कचनकवल गाउँपालिकाका रहेका छन् भने एक–एक जना झापा र बाह्रदशी गाउँपालिकाका रहेका छन्।

दुई जना कोरोना भाइरसलाई जितेर अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।

जेष्ठ ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्