उच्च मनोबलसाथ काम गर्न मातहतलाई शसस्त्र प्रहरी महानिरिक्षकको निर्देशन

काठमाडौं- सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले  कोरोना भाइरसको महामारी र पछिल्लो परिस्थितीमा उच्च मनोबलका साथ कामलाई निरन्तरता दिन निर्देशन दिएका छन्।

हालै सशस्त्र प्रहरी नायव उपरीक्षक पदबाट सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवा भएका अधिकृतहरुलाई दर्ज्यानि चिन्ह लगाइदिएपछि उनले भने, ‘आफूले के पाएँ होइन मैले राष्ट्र र संगठनका लागि के गरे भनेर सोच्नु पर्छ।’

कर्मचारीहरुको मनोबल उच्च राख्न कमाण्डरहरु थप जिम्मेवार हुनुपर्ने बताउँदै उनले पद र जिम्मेवारीले मानिसमा परिवर्तन ल्याउने र सो परिवर्तनले समग्र मुलुक र जनतालाई फाईदा पुग्ने बताए ।

राष्ट्र¸ राष्ट्रियता र जनता भन्दा ठूलो कोही नभएको उल्लेख गर्नुहुँदै उनले  प्रत्येक कर्मचारीहरु ईमान्दार र कर्तव्य निष्ठ भई देश र आम नागरिकको सेवा¸ सुरक्षा सहयोग तथा उद्दारमा अविचलित भई अहोरात्र खटिन निर्देशन दिए ।

जेठ ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्