कीर्तिपुरमा सडक पेटीमा हातमा नाम्लो बोकेरै मृत भेटिए भरिया

काठमाडौं- कीर्तिपुरको सडक पेटीमा बस्दै आएका धादिङका एक वृद्ध आइतबार मृत अवस्थामा फेला परेका छन्।

कीर्तिपुरको मंगल बहुमुखी क्याम्पसअगाडिको सडक पेटीमा धादिङका सूर्यबहादुर तामाङ लडिरहेको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ। उनी नाम्लो हातमै लिएको अवस्थामा मृत भेटिएका थिए।

भारी बोक्ने काम गर्दै आएका यी वृद्ध लकडाउनपछि विभिन्न संघ संस्थाले दिने गरेको खाना खाएर गुजारा चलाइरहेका थिए।

आफन्त सम्पर्कमा नआएपछि तामाङको शव त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको छ। तामाङको उमेरसमेत यकिन हुन सकेको छैन।

जेष्ठ ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्