कोरोना संक्रमित पत्रकार र पुस्तक व्यवसायीको सम्पर्कमा आएका सबैको रिपोर्ट ‘नेगेटिभ’

जनकपुरधाम-जनकपुरधामका कोरोना संक्रमित पत्रकार र पुस्तक व्यवसायीका सम्पर्कमा आएका सबैको रिपोर्ट नेगेटिभ आएको छ।

गत वैशाख ३० गते एकजना पत्रकार र पुस्तक व्यवसायीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएका पत्रकार सहित ३० जनाको रिपोर्ट नेगेटिभ आएको हो।

कन्ट्याक्ट ट्रेसिङको आधारमा जेठ ५ गते पत्रकारहरु सहित ३० जनाको कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले जानकारी दिएका छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा सबैजनाको स्वाब परीक्षण गरिएको छ । यस भन्दा पहिले संक्रमित पत्रकार र पुस्तक व्यवसायीका परिवारको सबै सदस्याको रिपोर्ट समेत नेगेटिभ आएको थियो ।

गत वैशाख २४ गते २३ जनाको स्वाब परीक्षण गरेर कोरोना परीक्षण गर्दा एकजना पत्रकार र पत्रकार महासंघकै भवनमा पुस्तक पसल सञ्चालन गरेका एकजनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

जेष्ठ ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू