बुण्डेस लिगामा तिमोले गरे ह्याट्रिक, आरबी लेइप्जिगको शानदार जित

कोरोना भाइरसको महामारीपछि पुनः सुरु भएको एक मात्र प्रमुख लिग जर्मन बुण्डेस लिगा फुटबलका खेलहरु बन्द रंगशालामा नियमित रुपमा भइरहेका छन् ।

लिग अन्तर्गत आइतबार राति भएको खेलमा आरबी लेइप्जिगले मेन्जलाई ५–० ले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा मेन्जले पहिलो हाफमा तीन गोल खाएको हो । उसले दोस्रो हाफमा थप दुई गोल खायो ।

आरबीका तिमो वेर्नरले ह्याट्रिक गरे । उनले ११, ४८ र ७५ औँ मिनेटमा गोल गरेका हुन् । यस्तै युसुफ पोल्सनले २३ तथा मार्सेल साबित्जरले ३६ औँ मिनेटमा गोल गरेका हुन् । जितपछि तेस्रो स्थानमा उक्लिएको आरबीको २७ खेलबाट ५४ अंक भएको छ ।

आइतबार राति नै भएको खेलमा अगस्बर्गले शाल्केलाई ३–० ले पराजित गरेको छ । अर्को खेलमा कोल्न र डुसेलडोर्फले २–२ को बराबरी खेलेका छन् ।

जेठ १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्