भारतीय विमानमा नेपालीहरुको पनि उद्धार

फाइल फोटो।

काठमाडौँ – भारतले विभिन्न देशमा लकडाउनका कारण अड्किएका आफ्ना नागरिकलाई विमान मार्फत स्वदेश ल्याइरहेको छ । सोही क्रममा भारतीय विमानमा केही नेपालीहरु पनि आइरहेका छन् ।

भारतले आफ्ना नागरिकसँगै अलपत्र परेका केही नेपालीलाई पनि ल्याइरहेको हो । पछिल्लोपटक भारतले इन्डोनेसिया र अस्ट्रेलियामा रहेका आफ्ना नागरिकलाई फिर्ता ल्यायो ।

दुई विमान मार्फत भारतले आफ्ना नागरिकलाई ल्याउने क्रममा चार नेपालीलाई पनि फिर्ता ल्याएको हो । अर्जुनप्रसाद तिमिल्सिना, विश्व तिमिल्सिना, मुक्तिप्रसाद तिमिल्सिना अस्ट्रेलियाबाट र शेविका ढकाल इन्डोनेसियाबाट भारतीय विमानमा इन्डोनेसियाबाट फर्किएका हुन् ।

जेठ १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्