भारतमा दुई महिनापछि आन्तरिक उडान सुरु

दिल्ली विमानस्थलमा यात्रुहरुको स्क्रिनिङ गरिँदै।

दुई महिनापछि भारतमा सोमबारदेखि घरेलु उडान सुरु भएका छन्। दिल्लीको इन्दिरा गान्धी इन्टरनेशनल एयरपोर्टमा बिहान ४ बजेर ४५ मिनेटमा पुणेका लागि सबैभन्दा पहिलो फ्लाइट प्रस्थान गरेको थियो।

विमानका सबै यात्रुहरुको एयरपोर्टमा स्क्रिनिङ गरिएको थियो । एयरहोस्टेजहरुले फ्लाइटमा पीपीई किट लगाएका देखिन्थे। यात्रुहरुले पनि सुरक्षाका लागि पर्याप्त सावधानी अपनाएको देखिन्थ्यो।

सबै यात्रुहरुलाई एयरलाइन्सले नै फेस कभर मास्क प्रदान गरेका थिए। आन्ध्र प्रदेश र पश्चिम बंगालबाहेक भारतका सबै प्रदेशमा आन्तरिक उडान सुचारु भएका हुन्।

मुम्बई एयरपोर्टबाट बिहान ६ः४५ बजे पहिलो उडान पटनाका लागि प्रस्थान गरेको थियो। दुई महिनापछि भएको उडानको टेकअफ र ल्याण्डिङ्गका लागि पनि सुरक्षाको विशेष तयारी गरिएको थियो ।

एयरपोर्टमा नयाँ नियमका साथ व्यवस्था बदलिएको छ। कोरोना संक्रमणबाट बच्नका लागि विमानस्थलमा दुई मिटरको दुरीको पालना अनिवार्य गरिएको छ।

यसका साथै हवाई यात्राको सम्बन्धमा भारतका विभिन्न राज्यले आ–आफ्नो राज्यमा विशेष गाइडलाइन्स पनि जारी गरेका छन्।

जेष्ठ १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्