मोरङ र उदयपुरका दुई घटनामा दुईजनाको मृत्यु

सांकेतिक तस्बिर

विराटनगर – मोरङ र उदयपुरमा भएको दुई बेग्लाबेग्लै घटनामा दुईजनाको मृत्यु भएको छ।

विराटनगरस्थित प्रदेश एक प्रहरी कार्यालयका अनुसार सोमबार मोरङको कानेपोखरी गाँउपालिका र उदयपुरको रौतामाई गाँउपालिकामा दुईजनाको मृत्यु भएको हो।

प्रहरीका अनुसार कानेपोखरी गाँउपालिकामा बिहान करिब सवा ९ बजे ट्रयाक्टरबाट लडेर स्थानीय प्रवीण राईको मृत्यु भएको हो। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २ त २४५९ नम्बरको ट्रयाक्टरमा सवार २७ वर्षीय राई कुदिरहेको ट्रयाक्टरबाट लडेका थिए।

उनलाई मंगलबारे अस्पताल लैजानेक्रममा बाटोमै भएको र घटनाको थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।

त्यसैगरी उदयपुरको रौतामाई गाँउपालिकामा ४३ वर्षीया दिलमाया तामाङको हत्या भएको छ। सोमबार बिहान उनी आफ्नै घरमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

उदयपुर प्रहरीले मृतक तामाङमाथि धारिलो हतियारको प्रयोग गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ। प्रहरीले तामाङको हत्याको आशंकामा मृतकका ५२ वर्षीय श्रीमान विष्णु तामाङलाई नियन्त्रणमा लिएको छ।

जेष्ठ १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू