कर्णालीका थप सातजनामा कोरोना भाइरसको संक्रमण पुष्टि

सिमकोट – कर्णाली प्रदेशमा थप सातजनाको कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार आएको नयाँ रिपोर्ट अनुसार कर्णालीमा सातजना थपिएका हुन् ।

उनीहरु सबैको प्रदेश अस्पतालमा परीक्षण गर्दा पोजेटिभ देखिएपछि थप परीक्षणको लागि आइतबार नेपालगञ्जमा पाँच जनाको र प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्क्षी रोग अन्वेषण प्रयोगशाखा सुर्खेतमा दुईजनाको स्वाब पठाइएको थियो । त्यसमा पनि सबैको रिपोर्ट पोजेटिभ आएको हो ।

नयाँ कोरोना पुष्टि भएका सबै दैलेख जिल्लाका रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले बताए ।

ती मध्ये नेपाललगञ्जबाट पुष्टि भएकामा दैलेख जिल्लाको नारायण नगरपालिकाका वर्ष १५ र २८ का पुरुष रहेका छन् । यस्तै ढुङ्गेश्वर गाउँपालिकाका २९ र २७ वर्षका पुरुष तथा २५ वर्षकी महिला रहेकी छन् । दैलेखकै गुराँस गाउँपालिकाका २४ र ३५ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

नीहरु सबैलाई प्रदेश अस्पतालको कोरोना विशेष वार्डको आइसोलेशनमा राखिएको छ । उनीहरुको स्वास्थ्य अबस्था सामान्य रहेको जानकारी गराइएको छ । यस अघि दैलखका एक जना र सुर्खेतबा तीन जना गरि चार जनामा कोरोना देखिएको थियो । योसहित कर्णालमा कोरोना संक्रमित संख्या ११ पुगेको छ ।

जेष्ठ १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू