न ठक्कर दिने साधनको नाम खुल्याे न मृत्यु हुने मानिसको सनाखत हुन सक्यो

सांकेतिक तस्बिर

राजविराज- पूर्व पश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाई कृष्णासवरण गाउँपालिका-१ जन्डोलमा आइतबार सवारी साधनको ठक्करबाट ज्यान गुमाउने युवकको अझै सनाखत हुन सकेको छैन।

अन्दाजी १९/२० वर्षीय युवकको गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल, राजविराजमा सोमबार दिउँसो निधन भएको सप्तरी प्रहरीले जनाएको छ। आइतबार राती १० बजे सवारी साधनको ठक्करबाट ती युवक गम्भीर घाइते भएका थिए।

प्रहरीका अनुसार ठक्कर दिने सवारी साधनको समेत पहिचान खुल्न सकेको छैन।

जेष्ठ १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू